काठमाडौं - होमियोपैथिक चिकित्सक डा राजेश प्रधानाङ्गको निधन भएको छ। कोरोना संक्रमण भएर समस्या भएपछि उनलाई स्टार अस्पतालको आइसियु राखि उपचार भइरहेको थियो। ५६ वर्षिय प्रधानाङ्गको उपचारकै क्रममा आइतबार निधन भएको हो।
नेपाल होमियोपैथिक चिकित्सक संघले डा प्राधानाङ्ग निधन प्रति समवेदना व्यक्त गर्दै उनको निधनले होमियोपैथिक चिकित्सा क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएकोछ ।