काठमाडौं- हालसालै पत्ता लागेको कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनबाट फेरि संक्रमित हुने दर डेल्टा या बिटा भेरियन्टको तुलनामा तीन गुणा धेरै हुने पाइएको छ।
बिहीबार प्रकाशित दक्षिण अफ्रिकी वैज्ञानिकहरुको एक सुरुआती अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको हो।
यस रिसर्च एक मेडिकल वेवसाइटमा प्रकाशन गरिएको बीबीसीले उल्लेख गरेको छ। तर, अहिलेसम्म कसैले पनि यसको स्वतन्त्र पुष्टि गरेको छैन। तर, साउथम्पटन युनिभर्सिटीका वैज्ञानिक माइकल हेडले 'उच्च गुणवत्ता' को लागि यस रिसर्चको तारीफ गरेका छन्।
यस अध्ययन कोरोना संक्रमण भइसकेका मानिसको शरीमा बनेको इम्युनिटीलाई कमजोर बनाउने ओम्रिकोनको क्षमताका बारेमा पहिलो कुनै वैज्ञानिक अनुसन्धान भएको हो। तर, यसमा खोपबाट बनेको इम्युनिटीलाई लिएर कुनै अध्ययन गरिएको छैन।
कसले गर्यो अनुसन्धान?
यो अनुसन्धान दक्षिण अफ्रिकाको संस्था 'डीएसआई-एनआरएफ सेन्टर अफ एक्सिलेन्स इन एपिडेमियोलोजिकल मोडलिंग एण्ड एनालिसिस' ले गरेको हो। यसका निर्देशक जुलियट पुलियमले बताए अनुसार आगामी अध्ययनमा खोपबाट बनेको इम्युनिटीमाथि ओमिक्रोनको असर पनि पत्ता लगाउने योजना बनाएको छ।
जुलियट पुलियमले यस बारेमा ट्वीटमा भनेका छन्, 'हालमा ति मानिस पनि संक्रमित भए जो पहिलाको तीन लहरमा संक्रमित भएका थिए। यसमा सबैभन्दा धेरै डेल्टा लहरका क्रममा संक्रमित भएका थिए।'
उनले भने, 'ओमिक्रोनबाट भइरहेको संक्रमणको गम्भीरता पत्ता लगाउनका लागि आँकडा तत्काल आवश्यक छ। यसमा यस्ता मानिस सहभागी छन्, जसलाई पहिला संक्रमण भइसकेको छ।'
विश्व स्वास्थ्य संगठनका जानकारहरुले दक्षिण अफ्रिकाको विमानमाथि लागेको यात्रा प्रतिवन्धका बारेमा फेरि विचार गर्न आग्रह गरेका छन्।