तिमीलाई भेटेपछि मैले
एकाएक ‘मानसिक वार्ड’ सम्झेँ
र, तिम्रो अँगालोमा
खुब
बेरिएँ।
तिमीले मेरा कुराहरु
निःशर्त
सुनिरह्यौँ।
मैले पनि तिमीलाई
आफ्ना कुराहरु
निःशर्त सुनाइरहेँ।
तिमीले
एक ठाउँमा आजित भएर बोलेका थियौ–
‘वर्षौँदेखि हामी कान थुनेर बसेका छौँ,
सुन्नुभन्दा पनि सुनाउने मात्र गरेका छौँ।’
मैले घाट र मन्दिरमा सुत्न उहिल्यै छाडिसकेँ
यसको सम्पूर्ण श्रेय तिमीलाई दिएँ।