अदिस अबाबा- अफ्रिकामा पुष्टि गरिएको कोभिड–१९ संक्रमितहरूको सङख्या शुक्रबारसम्ममा ८३ लाख एक हजार १६८ पुगेको अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले (अफ्रिका सीडीसी) ले जानकारी गराएको छ।
अफ्रिकी संघ (एयू) को विशेष स्वास्थ्य सेवा एजेन्सी, अफ्रिका सीडीसीका अनुसार महादेशभरि यस महामारीको कारण मर्नेहरूको संख्या दुई लाख ११ हजार ५३० पुगेको छ। यहाँ करिब ७६ लाख ५१ हजार ८०० कोभिड–१९ संक्रमित बिरामीहरू निको भइसकेका छन्।
दक्षिण अफ्रिका, मोरक्को, ट्युनिसिया र इथियोपिया महादेशमा सबैभन्दा धेरै कोभिड संक्रमित भएका देशमध्ये पर्दछन्।
संक्रमणका हिसाबले दक्षिणी अफ्रिका सबैभन्दा बढी प्रभावित क्षेत्र हो। त्यसपछि महादेशको उत्तरी र पूर्वी भागहरू बढी प्रधावित बनेका छन् भने महादेशको मध्यक्षेत्र यस क्षेत्रको सबैभन्दा कम प्रभावित भाग हो। रासस