काठमाडौं- स्विट्जरल्याण्ड गरिएको एक जनमत संग्रहमा लगभग दुई तिहाईले समलिङ्गी जोडीको विवाह वैध बनाउन मतदान गरेका छन्।
स्विस संघीय चान्सलरद्वारा घोषणा गरिएको नतिजा अनुसार राष्ट्रव्यापी जनमत संग्रहमा ६४.१ प्रतिशत मतदाताहरुले समलिङ्गी विवाहको पक्षमा मतदान गरेका हुन्।
‘यो स्विट्जरल्याण्डको लागि एक ऐतिहासिक दिन हो। यस निर्णयले समलिङ्गी जोडीहरुको लागि समानताको हक प्राप्त भएको छ,’ यस अभियान समितिका जान मुलरले भने।
स्विट्जरल्याण्ड संसारको ३०औं देश हो, जसले समलिङ्गी विवाहलाई अपनाउँछ। नेदरल्याण्ड्सले पहिलोपटक सन् २००१ मा समलिङ्गी विवाहलाई स्वीकृति दिएको थियो।
न्यायमन्त्री करिन केलर सुटरका अनुसार समलिङ्गी विवाह अर्को वर्ष १ जुलाईबाट हुन सक्नेछ।
‘जो कोही एक अर्कालाई माया गर्छन् र बिहे गर्न चाहान्छन् उनीहरु त्यसो गर्न सक्षम हुनेछन्। चाहे त्यो दुई पुरुष, दुई महिला वा एक पुरुष र एक महिला होस्,’ उनले भनिन्।