काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाह्रौं तह (प्रमुख विशेषज्ञ) मा बढुवा गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ। मन्त्रालयले १५ दिने सूचना जारी गर्दै ११औं तहका कर्मचारीलाई विवरण बुझाउन भनेको छ।
आइतबार सार्वजनिक सूचना अनुसार २०७८ असार मसान्तसम्म न्यूनतम पाँच वर्ष सेवा अवधि पूर भएका ११औं तहका अधिकृत कर्मचारीले बढुवासम्बन्धी विवरण मन्त्रालयमा १५ दिनभित्र दर्ता गराउन सक्नेछन्।
मन्त्रालयले १२औं तहको रिक्त पद संख्या तीनमा नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताका आधारमा बढुवा गर्न लागेको हो।
मन्त्रालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको पदमा बढुवा गर्न प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।
यी हुन् वरिष्ठताका आधारमा अगाडि रहेका कर्मचारी
मन्त्रालयका अनुसार ११ औं तहको बरियतामा पहिलो नम्बरमा डा भीमसिंह टिकंरी छन्। दोस्रो नम्बरमा डा गुणराज लोहनी, तेस्रो नम्बरमा डा तारा पोखरेल, चौंथो नम्बरमा डा तारानाथ पौडेल, पाँचौ नम्बरमा सुनिलराज शर्मा, छैटौं नम्बरमा डा कृष्णप्रसाद पौडेल, सातौं नम्बरमा डा वासुदेव उपाध्याय, आठौं नम्बरमा डा संगीता कौशल मिश्रा, नवौं नम्बरमा डा श्यामसुन्दर यादव र दशौं नम्बरमा डा श्रीकृष्ण श्रेष्ठ छन्।