(१)
खुसी घर बनाउन, राख्नुपर्छ जन्मान्तर ।
बनाई सानो जहान, ल्याउनु छ लौ बहार ।।
(२)
विष वर्ष नपुगेर रोकौँ, सन्तान पहिलो ।
जानी राखौँ जटिलता, कुरा छ त नि गहिरो ।।
(३)
नियोजनका साधन, निशुल्क पाइन्छ है ।
कन्डमले त झन् एड्स, भन्ने रोग रोक्छ है ।।
(४)
छोटो जन्मान्तर राख्न, पिल्स डीपो लगाउनु ।
लामो चाहिएमा पनि, साधनहरु छन् बुझ्नु ।।
(५)
जान्नु दुई सन्तान, इश्वरका वरदान ।
राखी सहि जन्मान्तर, अघि बढ है जवान ।।
(६)
सानोमा हुँदा सुत्केरी, मरेछन् आमाहरु ।
नवनी परिवार योजना, तुहिए सपनाहरु ।।
(७)
रोग, भोक बाट बच्न, जनसंख्या नियन्त्रण गर ।
सहि ब्यवस्थापनबाट, लक्ष्यहरु पुरा गर ।।
(८)
पालनपोषण गर्दै, पुरा गर्नुछ रोजगार ।
बनाई सुखी परिवार, ल्याउनुछ खुसीबहार ।।