अछाम- जिल्लाको बयालपाटा अस्पतालमा २ दिने निशुल्क प्लाष्टिक सर्जरी शिविर सम्पन्न भएको छ। कीर्तिपुर अस्पताल काठमाडौंको आयोजनमा भएको शिविरमा ४९ जनाले सेवा पाएका छन्।
जसमा ३५ जनाको बयालपाटा अस्पतालमै सर्जरी (अप्रेसन) भएको छ भने १४ जनालाई नेपालगञ्ज रेफर गरिएको छ।
कीर्तिपुर अस्पतालका डाक्टर शंकरमान राई, सर्जन डाक्टर किरण नकर्मी र एनेसथेसियाका श्यामेन्द्र सिंह लगायतको टोलीले अप्रेसन तथा उपचार गरेका थिए।
शिविरमा जम्मा ६६ जना बिरामी आएपनि १७ जना शिविरको दायरामा नपर्ने भएकाले उनिहरुलाई सल्लाह सुझाब दिएर पठाइएको छ।
स्माईल टेन र रिसर्ज इन्टरनेशनलको सहयोग तथा फेक्ट नेपाल र कििर्तपुर अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको थियो।
शिविरमा ओठ तथा तालु चिरिएका तथा आगोले पोलेर एक भागसंग अर्को भाग जोडिएकाहरुको उपचार तथा शल्यक्रिया गरिएको बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दिप पाठकले बताए।
शिविर सम्पन्न गर्न स्थानीय साँफेबगर नगरपालिका र बयालपाटा असपतालको सहयोग रहेको थियो।