काठमाडौं- पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ जनामा कोरोना संक्रमण देखिएको छ। त्यहाँ हालसम्म ३ करोड ३४ लाख ४८ हजार १६३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या भने ३ लाख ३२ हजार १५८ रहेको छ। योसंख्या अघिल्ला दिनभन्दा केही कम भएको बताइएकोछ ।
पछिल्लो २४ घण्टामा ३०९ जना संक्रमितको मृत्यु भएको छ। योसँगै भारतमा हालसम्म ४ लाख ४४ हजार ८३८ जना संक्रमितको मृत्यु भइसकेको छ।