काठमाडौं- युरोपेली संघले न्यून आय भएका राष्ट्रलाई २० करोड डोज कोरोना भाइरसविरुद्धको खोप सहयोग गर्ने भएको छ।
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले २० करोड खोप प्रदान गर्ने प्रतिवद्धता गरिएको जानकारी दिइन्।
युरोपेली संसदको बैठकमा उनले गरिब राष्ट्रहरुलाई थप २० करोड खोप उपलब्ध गराउने निर्णय गरेको बताएकी हुन्। खोप सन् २०२२ को मध्यसम्ममा उपलब्ध हुनसक्ने उनले जानकारी दिइन्।
संघको यो योजनालाई सहयोग गर्नसमेत उनले आह्वान गरेकी छन्। गरिब देशहरुलाई यसरी गरिने सहयोग विश्व स्वास्थ्यकै लागि योगदान र लगानीको रुपमा लिनुपर्ने उनको भनाइ छ।
विश्वका कतिपय देशहरुले अहिलेसम्म पनि कोरोनाभाइरस विरुद्धको खोप पर्याप्त रुपमा पाउन नसक्नु चिन्ताको विषय भएको भन्दै उनले धनी र शक्तिशाली राष्ट्रहरुले योगदान गर्नुपर्नेमा जोड दिइन्।