क्युवा - क्युवामा बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ। कोरोना भाइरसको महामारी बढ्दै गएकाले क्षती न्यूनीकरणका लागि बालबालिकालाई पनि शुक्रबारदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको हो।
दुई वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउन थालिएको क्युवाका स्वास्थ्य अधिकारीले जनाएको छ।
बालबलिकासँगै शिक्षक शिक्षिकालाई पनि खोप लगाएर विद्यालयको पठनपाठन भौतिक उपस्थिति सहित सुरु गर्ने योजना क्युवा सरकारले बनाएको छ।
उनीहरुलाई खोप लगाउने अभियानको पहिलो चरणमा ८० हजार माध्यामिक तहका विद्यार्थी र १० हजार शिक्षकलाई खोप लगाइने भएको छ।
क्युवामा देशभर हाल सात हजार विद्यालय छन्। उनीहरुमध्ये अधिकांशलाई खोप केन्द्र समेत तोकिएको छ। सबै विद्यार्थी र शिक्षक शिक्षिकाले खोपको मात्रा पुरा गरेपछि विद्यालयमा पठन पाठनसमेत सुरु गरिने अधिकारीले जानकारी दिएका छन् ।
क्युवामा पछिल्लो एक दिनमा छ हजार ९२७ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् भने ७४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।