ब्युनस आयर्स, अर्जेन्टिना- अर्जेन्टिनी औषधि कम्पनी रिचमण्डले कोभिड-१९ विरुद्धको रूसद्वारा विकसित स्पुतनिक-भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको बताएको छ।
खोपको उत्पादन उत्पादन मिति शुक्रबार राखिएको छ। कम्पनीले शुक्रबारको अन्त्यतिर आफ्नो ट्विटर पृष्ठमा लेखेको छ, 'अर्जेन्टिनामा ५० लाखभन्दा बढी मात्रा कोभिड-१९ विरूद्धको रूसमा विकसित स्पुतनिक खोप उत्पादन गरेका छौं। हामीले पहिलो चरणमा ११ लाख ७९ हजार ६२५ र दोस्रो चरणमा ३८ लाख ९० हजार मात्रा खोप उत्पादन गरेका छौं।'
अर्जेन्टिना स्पुतनिक-भी खोपको प्रयोगलाई अनुमोदन गर्ने र उत्पादनलाई स्थानीयकरण गर्ने पहिलो ल्याटिन अमेरिकी देश बनेको छ। अर्जेन्टिनाले गत अप्रिलमा मासिक ४० देखि ५० लाख खोप उत्पादन गर्ने योजना सार्वजनिक गरेको थियो।
ल्याटिन अमेरिकी यस मुलुकले कोभिड-१९ विरूद्धको उक्त खोपको वार्षिक उत्पादनलाई पाँच करोड मात्रामा वृद्धि गर्ने बताएको छ।
करिब चार अर्ब जनसंख्या रहेको विश्वको ७० देशमा स्पुतनिक-भी खोपलाई प्रयोगका लागि स्वीकृति प्रदान गरिएको छ।