नयाँदिल्ली - पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ८३ व्यक्ति कोरोना संक्रमित भएका छन्। १९ लाख ८६३ नमुना परीक्षण गर्दा ३६ हजार ८३ जनामा संक्रमण पुष्टि भएको हो। योसँग भारतमा हालसम्म ३ करोड २१ लाख ९२ हजार ५७६ व्यक्तिमा संक्रमण पुष्टि भइसकेको छ।
त्यसैगरी ४९३ संक्रमितको मृत्यु भएको छ। भारतमा अहिलेसम्म ४ लाख ३१ हजार २२४ जना संक्रमितको मृत्यु भइसकेको छ ।
त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ३ लाख८५ हजार ३३६ जना सक्रिय संक्रमित रहेका छन्।
भारतमा ३ करोड १३ लाख ७६ हजार १५ जना व्यक्ति निको संक्रमणमुक्त भइसकेका छन्।