काठमाडौं- नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। काउन्सिलले बिहीबार र शुक्रबार लिएको परीक्षाको नतिजा साँझ सार्वजनिक गरेको हो।
काउन्सिलका अनुसार परीक्षामा एमबिबिएस र बिडिएस दुवै गरेर ५७ प्रतिशत उत्तीर्ण भएका छन्। एमबिबिएसमा ५० दशमलव ८९ प्रतिशत र बिडिएसमा ६४ दशमलव ७ प्रतिशत उत्तीर्ण भएका छन्।
परीक्षाका लागिग एमबिबिएस तर्फ ९६० जनाले आवेदन दिएका थिए। जसमध्ये ६०५ जना उत्तीर्ण भएका छन्। आवेदन दिएकामध्ये १३ जना परीक्षामा अनुपस्थित भएका थिए।
यस्तै बिडिएस तर्फ १९६ जनाले आवेदन दिएका थिए। जसमध्ये १ जना अनुपस्थित भएका थिए भने १२३ जना उत्तीर्ण भएका छन्।