काठमाडौं– चीनको वुहानमा सहरभरका सबैको कोरोना परीक्षण गरिने भएको छ।
स्थानीय स्तरमा कोरोना संक्रमित फेला परेपछि सबै नागरिकको परीक्षण गर्न लागिएको सरकारी अधिकारीले बताएका छन्।
एक वर्षमा पहिलोपटक त्यहाँ ७ नयाँ संक्रमित फेला परेसँगै सबैको परीक्षण् गर्न लागिएको समाचारमा उल्लेख छ। वुहानमा करिब डेढ करोड मानिस रहेको सरकारी तथ्यांक छ।