नर्सिङ सेवालाई प्रभावकारी बनाई व्यवस्थित एवं वैज्ञानिक ढंगले परिचालन गर्न तथा नर्सहरुको योग्यता अनुसार नामदर्ता गर्ने समेत व्यवस्था गर्न एक नर्सिङ परिषद्को स्थापना गर्न वाञ्छनीय भएकोले, तत्कालिन श्री ५ महाराजधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको चौबीसौं वर्षमा संसदले यो ऐन बनाएको हो।
यो ऐन २०५२ साल चैत १७ गते लालमोहर र प्रकाशन भएको हो। त्यसपछि २०५८ साल माघ ४ गते, २०६६ साल माघ ७ गते, २०७२ साल फागुन १३ गते, २०७४ साल असोज ३ गते र २०७५ फागुन १९ गते संशोधन भएको छ।
यस्तो छ नेपाल नर्सिङ्ग परिषद् ऐन, २०५२