प्रश्न: के हो पोष्ट कोभिड समस्या? कस्ता समस्या देखिए अस्पताल जानुपर्ने हुनसक्छ?
उत्तर: कोभिड-१९ संक्रमणमुक्त भइसकेपछि पनि अलिअलि जिउ गल्ने वा थकान भए जस्तो महसुस हुनसक्छ, त्यसमा आत्तिएर अस्पताल गइहाल्नु पर्दैन।
तर यी पोष्ट कोभिड समस्याहरु देखा परेमा चिकित्सकसँग सल्लाह गरेर अस्पताल जानुपर्ने हुनसक्छ।
-सास फेर्न धेरै गाह्रो हुने
- निद्रा नलाग्ने झर्को लाग्ने जस्ता डिप्रेसनका लक्षणहरु देखा पर्ने
- थोरै समय हिँड्दा पनि स्वाँ-स्वाँ हुने
- धेरै नै थकाई लाग्ने र धेरै कमजोरी महसुस हुने
- एकाएक रक्तचाप बढ्ने वा घट्ने
- कालो ढुसीका लक्षणहरु देखिने
(स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)