प्रश्न: के सुन वा अन्य धातुले कोरोना भाइरसलाई आकर्षित गरी भाइरसलाई फैलाउन मद्दत गर्छ?
उत्तर : गर्दैन।
धातु र कोरोना भाइरस संक्रमणबीच कुने सम्बन्ध छैन। सुन, सुनजन्य पदार्थ वा अन्य धातुले कोरोना संक्रमण फैलाउन सघाउँछन् भन्ने कुरा वैज्ञानिक रुपमा पुष्टि भएको छैन। यद्यपि धेरै छोइने कुने पनि पदार्थलाई बेलाबेलामा निसंक्रमण भने गरिरहनुपर्छ।
महामारीको बेलामा भ्रम होइन सचेतना फैलाऔं।
कोरोना संक्रमणबाट बच्नका लागि जनस्वास्थ्यका सबै मापदण्डको पालना गरौं। मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र बेलाबेलामा साबुनपानीले हात धुने गरौं।
-(स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)