भारत– भारतमा कोरोना महामारीका कारण संक्रमित हुनेको संख्यामा कमी आइरहेको छ। विगत केही हप्तादेखि संक्रमितको संख्यामा कमी आइरहेको देखिएको भएपनि मृतकको संख्यामा भने उतारचढाव जारी छ।
पछिल्लो २४ घन्टामा भारतमा १ लाख २१ हजार जनामा संक्रमण पुष्टि भएको छ जुन करिब दुई महिनामा एकै दिनको सबैभन्दा कम संक्रमण हो।
तर मृतकको संख्यामा भने कमी आउन नसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा थप ३ हजार ३ सय भन्दा धेरैको मृत्यु भएको हो।
भारतमा ३ हजार ३ यस ८२ जनाको पछिल्लो २४ घन्टामा कोरोनाका कारण मृत्यु भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणको दैनिक दर ६ प्रतिशत रहेको छ भने निको हुने दर ९३ प्रतिशत रहेको छ।