काठमाडौं- रुसले बनाएको कोरोना भाइरस विरुद्धको तेस्रो खोप कोभिभ्याक कोभिड-१९ विरुद्ध ८० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको जनाइएको छ।
त्यहाँको सरकारी समाचार संस्था इन्टरफ्याक्सले खोप निर्माता कम्पनीले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकलाई उद्धृत गर्दै बुधवार खोपको प्रभावकातिाबारे समाचार छापेको हो।
कम्पनीले एक वर्षमा यसअघि योजना बनाएभन्दा छ गुणा धेरै खोप उत्पादन गर्ने पनि इन्टरफ्याक्सले बताएको छ। यसअघि एक वर्षमा कोभिभ्याक्सको १ करोड डोज उत्पादन गर्ने योजना कम्पनीको थियो ।