काठमाडौं- पाकिस्तान सरकारले चीनको सहयोगमा आफ्नो देशमा कोरोना खोप तयार गरेको छ। पाकभ्याक नामको यो खोप मंगलबार सार्वजनिक गरिएको हो।
पाकिस्तानका केन्द्रीय योजना मन्त्री असद उमरले यो एक महत्वपूर्ण दिन बताउँदै पाकिस्तानको यो खोप प्रजातन्त्र या ‘क्रान्ति’ भन्दा कम नभएको बताए।
उनले यसका लागि पाकिस्तानको स्वास्थ्य टीमका साथ चीनका सहयोगीलाई पनि धन्यवाद दिए, जसले भ्याक्सिन उत्पादनको व्यवस्थामा सहयोग गरेका थिए।
हाल पाकिस्तानमा चीनमा बनेको सिनोफार्मको खोप नै रुचाइएको पनि उनले बताए। ‘खोप लगाउन आउने मानिसहरुले एस्ट्राजेनेकाभन्दा सिनोफार्मको खोप माग गरिरहेका छन्,’ उनले भने, ‘त्यो छैन भन्दा उनीहरु फर्किने गरेका छन्।’
आफूहरुले सबै भ्याक्सिनको नाम राखेर सर्वेक्षण गर्दा मानिसहरुले सिनोफार्म मनपराएको उनले बताए।