सधैँ दौडधुपमा देखिन्छन् पारिवारिक जीवनबाट वञ्चितहरु
कहिले चाड छोडेका होलान् कहिले माड छोडेका होलान्
सेवा नै गर्छु भनेर सेतो वर्दी पहिरिदा
खोई आर्जन कठै कसरी जुगाड गर्या होलान्
जख्मी भएर जाँदा तिम्रो घाउ भरेकै थिए
दुनियाले आश मार्दा पनि उनिहरु प्रयत्नशिल हुन्छन्
तिम्लाई देख्दा घिनाएर तर्किएका आफन्तीहरु
तिमी घर फर्किएपछी फेरि सुम्सुम्याउन आएका होईनन्
महामारीको दलदल अनि अपुग स्रोत र साधन
पहुँचवालाको धम्की अनि आफ्नै परिवार गुमाउँदाको पिडा
अथक प्रयास अनि तिम्रा आफन्तहरु गुम्दाको कठालो समाई
बेथामा सुई दिनेको कसरी कपाल रुई दिन सक्छौ हो तिमी?
-(तिमल्सिना हेल्थ असिष्टेण्ट हुन्)