दिल्ली- भारतको नयाँ दिल्ली राज्यका मुख्यमन्त्री अरवीन्द केजरीवालले सबै नागरिकले रुसी खोप ‘स्पुतनिक भि’ पाउने बताएका छन्। निर्माता कम्पनीले खोप दिल्लीलाई दिन सहमत भएको पनि उनले जानकारी दिए।
यद्यपि, यस खोपको कति डोज दिइन्छ भन्ने उनले खुलाएका छैनन्। स्पुतनिक रूसमा बनेको कोरोनाविरुद्ध खोप हो। आपत्कालीन प्रयोग लागि भारत सरकारले यो खोपलाई स्वीकृति दिसकेको छ।
‘स्पुतनिक भिका निर्माताहरुसँग वार्ता भइरहेको छ। उनीहरूले हामीलाई खोप दिन्छन्, त कति दिने हो त्यो निर्णय भएको छैन। हाम्रा अधिकारीहरु र खोप निर्माता कम्पनिका प्रतिनिधिहरु अर्को मंगलबार बैठक बस्नेछन्,’ केजरीवालले बुधबार भने।
यसभन्दा पहिले एस्ट्रोजेनिका र मोडर्ना कम्पनीले खोप राज्य सरकारलाई सिधै बिक्री गर्न अस्वीकार गरिसकेका छन्।कम्पनीहरूले केन्द्रीय सरकारसँग प्रत्यक्ष कुरा गर्नेछन्।