काठमाडाैं- अमेरिकी औषधि कम्पनी मोडर्नाले भारतको पञ्जाब सरकारलाई कोरोनाविरुद्धको खोप दिन अस्वीकार गरेको छ। कम्पनीले सिधै केन्द्र सरकारसँग कारोबार गर्ने भन्दै खोप दिन अस्वीकार गरेको हो।
‘मोडर्नाले पञ्जाब सरकारलाई खोप सिधै दिन अस्वीकार गरेको छ। नीति अनुसार केन्द्र सरकारसँग मात्र कोरोबार गर्नेछ, राज्य सरकार वा कुनै पनि निजी पक्ष होइन,’ राज्यको खोप अभियान निर्देशक विकास गर्गले भने।
अधिकारीहरूका अनुसार पञ्जाबको अमरिन्दर सिंह सरकारले खोप खरिद गर्नको लागि सबै खोप निर्माताहरूलाई सम्पर्क गरिरहेको छ।
‘पञ्जाबले स्पुतनिक भि, फाइजर र जोसन र जोनसन जस्ता खोपहरूसहित विश्वव्यापी टेन्डरमार्फत् सम्भव सबै स्रोतबाट खोपहरू किन्ने सम्भावना अध्ययन गरिरहेको छ,’ गर्गले भने।
समाचार एजेन्सी एएनआईका अनुसार, यीमध्य मोर्डनाले मात्र पञ्जाब सरकारलाई जवाफ दिएको छ।
हालसम्म विश्वमा ९ कराेड मानिसहरूलाई मोर्डनाको खोप दिइएको छ।
पञ्जाबले खोप अभावका कारण तीन दिन अघि पहिलो र दोस्रो चरणको खोप अभियान राेकेकाे थियाे।
गर्गका अनुसार राज्यले केवल ४ लाख २० लाख डाेज खोप किन्न तयार छ।,जसमध्ये हिजाे ६६ हजार डाेज खाेप खरिद गरिएको थियो।
अहिलेसम्म ३ लाख ६५ हजार डाेज खाेप लगाइएकाे छ। अब राज्यसँग ६४ हजार डाेज खाेप बाँकी छ।
यस अगाडी कांग्रेस सरकारले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले खाेपकाे व्यवस्था नगरेकाे भन्दै आलाेचना गर्दै आएकाे थियाे।