काठमाडाैं- अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोरोना भाइरसको अवस्थालाई गलत पूर्वानुमान गरेकै कारण भारत खतरनाक भुमरीमा परेकाे बताएका छन्।
भारत सरकारले काेराेना संक्रमण समाप्त भएकाे भन्दै बन्द गरिएका क्षेत्रहरु पुन:सुचारु गर्दा काेराेना फैलिएकाे उनकाे तर्क छ।
काेराेना माहामारीकाे दाेस्राे लहर सुरुभएसँगै भारतमा स्वास्थ्य संकट देखिएकाे छ। काेराेना संक्रमितकाे उपचारकाे लागि अक्सिजन लगायत मेडिकल उपकरणकाे अभाव रहेकाे छ।
'भारत याे स्थितिमा पुग्नुकाे कारण उसकाे गलत पूर्वानुमान हाे। भारतले असली लहर यसैलाई मान्याे,' उनले भने,'त्यसपश्चात समयभन्दा अगाडी सबै क्षेत्र खुला गर्याे र संक्रमण फैलियाे।'
यस्तै, भारतले सार्वजनिक स्वास्थ्यकाे लागि महत्वपूर्ण तयारी नगरेकाे उनले बताए। 'सार्वजनिक स्वास्थ्यकाे लागि सधै तयार हुनुपर्छ। याे एक पाठ हाे। अब सधै तयार हुनुपर्छ भनेर सम्झाइरहन्छ,' उनले भने।
काेराेनाबाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा, लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएसँगै संक्रमितको संख्या घट्न थालेको अनुमान गरिए पनि देशका सबैजसो भागका स्वास्थ्य संस्थाले गम्भीर संकटकाे सामना गर्नु परिरहेको छ।
भारतीय सञ्चार माध्यमहरुले देशका विभिन्न भागमा मानिसहरु अक्सिजन, औषधि, बेड र अस्पतालमा भर्ना हुन नपाएर बाटामै मानिसको मृत्यु भएका दर्दनाक तस्वीर र भिडियो प्रकाशन प्रशारण गरिरहेका छन्।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा तीन लाख ४८ हजार जना नयाँ संक्रमित थपिएको जनाएको छ। योसहित भारतमा हालसम्म कूल संक्रमितको संख्या दुई करोड ३३ लाख ४० हजार पुगेको छ।
यसैबीच, २४ घण्टामा थप ४ हजार २०५ जनाको मृत्यु भएको छ। यो सहित भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ५४ हजार १९७ जना पुगेको मन्त्रालयले जनाएको छ।