कलियुग पसिसकेर,
एक अर्का प्रती सबै बेपर्वाह हुँदा,
बिरामीहरु अस्पतालमा आफ्नो
रोग, भोक र शोकको पीडा खेप्न नसकी रुँदा ।
उनिहरुलाइ आफ्नै ठानी,
सेवा नै धर्म मानी,
शान्तिको प्रतिक सेतो वस्त्र पहिरिएका,
दिन रातको वास्तै नगरी बिरामीको समस्यामा गहिरिएका ।
ती महान परिचारिकाहरु
कोरोना महामारीले,
विश्वभरिनै विकराल रुप लिइरहेका बेला,
उपचारमा खट्न ज्यानको माया मारिकन,
अस्पताल, परीक्षण केन्द्र जहाँतहिँ भेला भईकन
संसारलाई जोगाउन खटिँदै गरेका,
कहिले हातमा इन्जेक्सन लिएका त कहिले बोतलमा सलानी पानी भरेका,
घरपरिवार र आफन्तजनसँग टाढा रहिकन,
संक्रमणले मृत्यु ताक्न सक्छ भन्ने थाहा भइकन।
उपचारमा निरन्तर जुटेका परिचारिकाहरु
उनिहरुको,
मुखारविन्दुबाट निस्कने सुन्दर बोलिले,
बिरामीहरु दुख भुलेर हर्षित भइदिन्छन्
त कतिका आधा समस्या हराएर गइदिन्छन्।
आत्मसम्मानको अपेक्षा र पूरा हुने विश्वास,
आशा मरिसक्दा पनि हिम्मत नहारी पटक पटकको अभ्यास।
नयाँ जीवनको उपहार दिएका,
बाँचुन्जेल सेवा गर्ने शपथ लिएका।
लाखौं परिवारको खुशीको कारण,
ती महान परिचारिकाहरुलाई
हार्दिक नमन !!
०००
अन्तर्राष्ट्रिय नर्सिङ दिवसकाे शुभकामना ।
(लेखक: नेपालगन्जस्थित कैलपाल हस्पिटल एण्ड कलेजमा एचए तेर्साे बर्षमा अध्ययनरत छन्)