काठमाडौं- पछिल्लो समय कोरोना संक्रमणबाट भारत सबैभन्दा प्रभावित मुलुक बनेको छ।
भारतमा देखिएको कोभिड-१९ को नयाँ भेरियन्ट अत्यन्त खतरनाक रहेको विश्व स्वास्थ्य संगठनले बताइसकेको छ।
बी.१.६१७ नाम दिइएको यो भेरियन्ट भारतमा सबैभन्दा पहिले गत अक्टुरबरमा फेला परेको थियो। अहिले भारतमा देखिएको यो भेरियन्ट विश्वका ४४ देशमा पुगिसकेको विश्व स्वास्थ्य संगठनले बताएको छ।