न्यूयाेर्क- अमेरिकामा विगत २४ घण्टामा कोराेना संक्रमण पुष्टि हुनेको संख्या ४१ हजारभन्दा बढी रहेको छ।
कोरोनाबाट संक्रमण हुनेको संख्यामा पछिल्लो दुई हप्तामा अत्यधिक कमी आएको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ। विगत दुई हप्तामा संक्रमितकाे संख्या ३० प्रतिशतको हाराहारीमा कम भएको देखिएको छ।
यही अवधिमा ६६७ संक्रमितको मृत्यु भएको छ। अमेरिकामा सोमबारसम्म कूल पाँच लाख ९५ हजार ३०२ सय कोभिड संक्रमितको मृत्यु भएको छ। यो दुई हप्तामा मृत्यु संख्यामा छ प्रतिशतले कमी आएको बताइएको छ।
विगत २४ घण्टामा ३९ हजार ७२ व्यक्ति अस्पतालमा कोरोना उपचारको लागि भर्ना भएका भएपनि अघिल्लो हप्ताभन्दा अस्पताल पुग्ने विरामीको संख्या अत्यधिक कम रहेको उल्लेख गरिएको छ।