ए हजुर ! म एक नर्स हुँ ।
म हुँ स्वास्थ्यकर्मी, म हुँ एक नर्स ।
बिरामीहरुको म हुँ एक भक्त ।।
म हुँ एक सेवक निरन्तर यसैमा ।
सेवा गरेरै विते धेरै बर्ष ।।
ए हजुर ! म एक नर्स हुँ ।
मेरो छ कर्मस्थल अस्पताल ।
गर्छु बिरामीहरुको स्यार सुसार ।।
डाक्टर सँगै साथ सहयोग गर्छु ।
सेवा अनेकौँ विधि भित्र गर्छु ।।
ए हजुर ! म एक नर्स हुँ ।
एप्रोन लगाई ड्युटी अटुट ।
झुण्ड्याई आला छ गला विशेष ।।
जाँच्ने र नाप्ने अनेकौँ छ काम ।
कुन औषधि रोग कसरी निदान ।।
ए हजुर ! म एक नर्स हुँ ।
चिन्तन सधैँ हुन्छ रोगी तिनैको ।
सेवा गरेछु हरपल उनैको ।।
सिस्टर सहारा अनि एक नर्स ।
सेवा दिँदा गौरव गर्छ यो मन ।।
ए हजुर ! म एक नर्स हुँ ।
ऐया ! दुख्यो सिस्टर पोल्छ भित्र ।
सुनिन्छ चित्कार कठै ! विचित्र ।।
राखेर धैर्य उपचार के छ ।
दिईन्छ सेवा जति जे छ जे छ ।
ए हजुर ! म एक नर्स हुँ ।
न भन्न पाउँदछु भोक प्यास ।
न निद नै पाउँदछु दिन रात ।।
परै होस थकाई सेवा भाव एउटै ।
निको हुन बिरामी दृढ भाव एउटै ।।
ए हजुर ! म एक नर्स हुँ ।
खटेको खटै छु पढेको पढै छु ।
नयाँ नयाँ रोगमा म स्वयं लडेछु ।।
म हुँ एक अग्रपंक्तीको स्वास्थ्यकर्मी ।
म हुँ एक सच्चा उपचार गर्ने ।।
ए हजुर ! म एक नर्स हुँ ।
महामारी रोग अनेकौँ छ आज ।
आक्रान्त भो दिन् दिन यो समाज ।।
संकट महा हट्दिन जहिले कैले ।
डटेर सेवा देशको म गर्छु ।।
कर्तव्यमा तत्पर हुन्छु हुन्छु ।
किन भने ए हजुर ! म एक नर्स हुँ ।