काठमाडौं- कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ रोकिएको छ।
बीसीसीआईले स्वास्थ्य सुरक्षाका कारण आईपीएल रोकेको हो। हाललाई केहि दिनलाई राेकिएका बताउँदै अवस्था सामान्य भएमा छिट्टै बाँकी खेल सञ्चालन गरिने बीसीसीआईले जनाएकाे छ।
यसअघि कोलकाता नाइट राइडर्स (केकेआर)का दुई खेलाडी र चेन्नई सुपर किङ्सका तीन सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
खेलाडीमा संक्रमण पुष्टि भएपछि सोमबार रोयल च्यालेन्जर्स बेंग्लोरसँग तय गरिएको खेल रद्द गरिएको थियो।
केकेआरका वरुण चक्रवर्ती र सन्दीप वारियर्सलाई कोरोना देखिएको हो भने चेन्नाइका प्रमुख कार्यकारी कासी विश्वनाथन र बलिङ प्रशिक्षक एल बालाजीमा कोरोना संक्रमण पुष्टि भएको थियो। बस क्लिनरको रिपोर्ट पनि पोजिटिभ आएको थियो।