भारत– भारतस्थित गुजरातको एक अस्पतालमा आगलागी हुँदा उपचारका लागि भर्ना भएका १८ जना कोभिड–१९ बिरामीको मृत्यु भएको छ।
गुजरातको भरुचमा शनिबार एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १८ कोबिड–१९ बिरामीको मृत्यु भएको हो।
अस्पतालमा आगलागी भएको तस्वीर भयावह देखिएको बीबीसीले जनाएको छ।
चारतले अस्पतालमा आगलागी हुँदा ५० बिरामीको उपचार चलिहरको थियो।
समाचार एजेन्सी पीटीआईका अनुसार आगो राति एक बजेको आसपास लागेको थियो। बाँकी बिरामीलाई स्थानीय तथा दमकलकर्मीको सहायतामा निकालिएको थियो।
भरुचका एसपी राजेन्द्रसिंह चुडासामाले १२ बिरामीको धुवाका कारण मृत्यु भएको हो भने बाँकी ६ जनाको मृत्यु भएको या उनीहरुलाई अन्यत्र सारिएको भन्ने थाहा हुन सकेको छैन।
प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतालमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् भने पीडितका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।