काठमाडाैं– विश्व स्वास्थ्य संगठनले युराेपियन देशमा लगाइका प्रतिबन्ध खुकुलाे पार्दा ध्यान दिन चेतावनी दिएकाे छ।
डब्लूएचओले एकै पटक खुला गर्दा भारतमा झै काेराेना संक्रमितकाे आँधी आउन सक्ने भनेकाे छ।
युराेपमा अहिले काेराेनाकाे तेस्राे लहर चलिरहेकाे छ। समाचार एजेन्सी एएफपीका अनुसार डब्लूएचओका प्रमुख हैन्स क्लूगले बिहीवार यस्ताे चेतावनी दिएका हुन्।
‘जब विरामीहरुकाे बचाउमा प्रतिवन्ध खुकुलाे पारियाे, ठूलाेमात्रामा मानिस एक ठाउँमा भेला हुन थाले, नयाँ भेरियन्टकाे तिव्र संक्रमण शुरु भयाे, भ्याक्सिनकाे दर कम भयाे’ उनले भने, ‘यस्ताे स्थितिमा कुनै पनि लेशमा काेराेनाकाे अाधी ल्याउन सक्छ।’
उनले भारतकाे जस्ताे अवस्था अन्यत्र पनि हुन सक्ने बताए। पछिल्ला दिनमा भारतमा काेराेना संक्रमण लगातार बढिरहेकाे छ । यसाे हुनुकाे कारण ठूलाे संख्यामा मानिसहरु एकै ठाउँमा जम्मा हुनु भएकाे उनले बताए।
भारतमा महामारीकाे दाेस्राे लहरकाे घातक भाइरसका लागि भारतीय भेरियन्ट बि १•६१७ जिम्मेवार रहेकाे छ। पहिलाे भेरियन्टभन्दा याे निकै घातक भएकाे विश्व स्वास्थ्य संगठनले बताएकाे छ।
महामारीकाे दिशा परिवर्तनका लागि निजी र सामूहिक स्वास्थ्य र सामाजिक दूरी प्रमुख उपाय हुने उनले बताए । भ्याक्सिन दिने कार्यमा युराेपले उत्साहजनक गरेकाे उनले बताए। करिव सात प्रतिशत मानिसले भ्याक्सिन लगाएका छन्।
१६ प्रतिशतले पहिलाे डाेज लगाएकाा छन्। हाल युराेपका देशहरुले काेभिड १९लाई मध्यनजर गर्दै प्रतिबन्धकाे चरणबद्व रुपमा खुकुलाे पार्दै लगेकाा छन्। फ्रान्स र जर्मनीले केही क्षेत्र खुल्ला गरिरहेकाा छन् ।