काठमाडाैं– भारतमा काेभिड १९ काे दाेस्राे लहर भयावह हुनुमा चुनावी र्याली र यसकाे अनुमति प्रमुख कारण भएकाे एक अदालतले ठहर गरेकाे छ।
मद्रास हाइकाेर्टले यसका लागि निर्वाचन आयाेगकाे कडा आलाेचना गरेकाे छ। साेमबार मद्रासका मुख्य न्यायाधीश सञ्जीव बनर्जीले निर्वाचन आयाेगका तर्फबाट बहसमा उपस्थित कानुन व्यवसायीलाई भने, ‘काेराेनाकाे दाेस्राे लहरका लागि मात्र निर्वाचन आयाेग जिम्मेवार छ।’
आयाेगसँग कडा रुपमा प्रस्तुत भएका मुख्य न्यायाधीश बनर्जीले आक्राेशित हुँदै उनले थपे, ‘ आयाेगका अधिकारीमाथि आम नागरिककाे हत्याकाे आराेप लाग्नुपर्ने देखिन्छ।’
हाईकाेर्टले अदालतबाट यसअघि जारी भएकाे आदेशलाई बेवास्था गर्दै आयाेगले चुनाव प्रचारका क्रममा फेसमास्क सेनिटाइनर र सामाजिक दूरीजस्ता नियम लागु नगरेकाे ठहर गरेकाे छ।
आयाेगले ठुला संख्या सभा गर्न अनुमति दिएकाले झनै संक्रमण फैलाएकाे अदालतकाे आदेशमा उल्लेख छ ।