काठमाडौं- भारतको महाराष्ट्रको वसाइमा अवस्थित विराज वल्लभ कोभिड अस्पतालमा आगलागी भएको छ
आगलागीमा परी कम्तीमा १३ जना बिरामीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो। आगलागी भएको अस्पताल मुम्बईबाट ७० किमीको दूरीमा रहेको छ।
बिरामीहरुलाई अन्य अस्पतालमा स्थानान्तरण गर्ने काम भइरहेको तथा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको बताइएको छ ।
शुक्रबार बिहान करिब साढे ३ बजेतिर आगलागी भएको बताइएको छ। अग्नि नियन्त्रक र प्रहरीको टोली घटनास्थलमा पुगेका छन्।
विद्युतभई आगो लागेको प्रारम्भिक अनुमान गरिए पनि थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।