काठमाडौं– कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतमा अक्सिजन अभाव हुन थालेको छ।
नयाँदिल्ली लगायत भारतका धेरै सहरमा हाल अक्सिजन ग्यासको अभाव भएको बताइएको छ। कोरोना संक्रमितको संख्या अत्यधिक बढेसँगै सरकारी तथा निजी अस्पतालले अक्सिजन ग्यासको चरम अभाव झेलिरहेको समाचारहरुमा उल्लेख छ।
अक्सिजन अभाव हुँदा भारतका विभिन्न अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको मृत्यु हुने जोखिमसमेत बढेको बीबीसीले जनाएको छ।
संक्रमितलाई अक्सिजनको अभाव हुने हुँदा क्षमतामा अक्सिजन उत्पादन गर्न उद्योगहरुलाई निर्देशन दिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।