काठमाडौं– डेनमार्कले कोरोना विरुद्धको अक्सफोर्ड एस्ट्राजेनेका खोप लगाउन बन्द गरेको छ।
यो खोप लगाएका केही व्यक्तिमा स्वास्थ्य समस्या देखिएपछि खोप लगाउन बन्द गरेको बताइएको छ।
यो खोप लगाएका केही व्यक्तिमा रगत जम्ने समस्या देखिन थालेपछि खोप अभियान स्थगित गरेको डेनमार्कका अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।
युरोपियन मेडिसिन एजेन्सीले खोपकै कारण रगत जमेको हुन सक्ने बताएपछि डेनमार्कले यो खोपमा रोक लगाएको हो।
यो खोप लगाएका हरेक ४० हजारमध्ये एक व्यक्तिमा रगत जम्ने समस्यमा पाइएको डेनमार्कका स्वास्थ्य अधिकारीको दाबी छ।
यसअघि युरोपका कतिपय राष्ट्रहरुले अक्सफोर्ड एस्ट्राजेनेका खोपका कारण रगत जमेको भन्दै यो खोप प्रयोगमा रोक लगाएको थियो। रासस