काठमाडाैं- चेक गणतन्त्रमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि विभिन्न सहरमा घाेषणा गरिएकाे आपतकालीन अवस्था अन्त्य भएकाे छ। काेराेना संक्रमितकाे संख्यामा कमी आएसँगै ६ महिना अगाडि घाेषणा गरिएकाे आपतकालिन अवस्था आइतबार मध्यरातबाट समाप्त भएकाे हाे।
रातिकालीन समयमा लगाइएकाे कर्फ्यूलगायतका आवागमन सम्बन्धी प्रतिबन्ध हटाइएकाे छ तर, जिल्लाहरूमा अपरिहार्य यात्राबाहेक सबै प्रतिबन्ध लगाइएकाे स्थानिय अधिकारीहरुले बताएका छन्।
प्रतिबन्ध सकिएसँगै मन्टेस्वरी र १ देखि ५ सम्मका विद्यार्थी कक्षामा फर्किएका छन्। तर, राेटेसनकाे आधारमा उनीहरुलाई पढाइने बताइएकाे छ।
विद्यार्थीलाई काेराेना संक्रमण नहाेस् भनेर हप्तामा दुई पटक स्वाब टेस्ट लिइने सरकारले जनाएकाे छ।
'हामी परीक्षणमा कुनै आपत्ति जनाउँदैनाैं तर, यसको कम प्रभावकारिता छ। यदि परीक्षणमा ४० प्रतिशत विश्वसनीयता छ भने यो बेकम्मा र ठट्टाकाे बिषय हो,' क्रिस्टिना फ्रान्सोभाले भनिन्।
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ९७ नयाँ कोरोना संक्रमित थपिएका छन्। जुन सेप्टेम्बरदेखि सबैभन्दा कम दैनिक संख्या हो।