बिबिसी- भारतीय क्रिकेट टिमका पूर्व कप्तान सचिन तेन्दुलकर कोरोना संक्रमित भएका छन्। संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका छन्।
क्रिकेटर तेन्दुलकरले आफु संक्रमित भएपछि अस्पताल भर्ना भएको सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका छन्।
उनले ट्वीट गर्दै भनेका छन्, ‘चिकित्सकको सल्लाहपछि म अस्पताल भर्ना भएको छु। म केही दिनमै घर फर्कने आशामा छु। तपाई सबै आफ्नो ख्याल राख्नुहोस् र सुरक्षित भएर बस्नुहोस्।’
उनी केही दिनअघि कोरोना संक्रमित भएका थिए। भारतमा हाल कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको छ। भारतमो महाराष्ट्र कोरोनाबाट सबैभन्दा प्रभावित भएको छ।