बिबिसी- भारतमा कोभिड १९ विरुद्धको खोप अभियानको तेस्रो चरण सुरु भएको छ। आजदेखि सुरु भएको तेस्रो चरण अन्तर्गत ४५ वर्ष माथिका व्यक्तिलाई खोप लगाइनेछ।
भारतमा हालसम्म ६० लाख बढी मानिसले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। जसमध्ये अधिकांश फ्रन्टलाइनमा काम गर्ने र ६० वर्ष माथिका व्यक्तिहरु छन्। भारतमा हाल दैनिक करिब १५ हजार कोरोना संक्रमण भेटिने गरेका छन्। भारतमा मार्चदेखि कोरोना संक्रमितको संख्या बढ्न थालेको हो।
बुधबार मात्र ७२ हजार १९ जनामा कोरोना पुष्टि भएको छ भने ४ सय ५७ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म ११ दशमलव ७ मिलियन मानिस कोरोना संक्रमित भइसकेका छन्। कोरोना संक्रमित मृतकको संख्या १ लाख ६० हजार पुगेको छ। यो संयुक्त राज्य अमेरिकापछि सबैभन्दा धेरै संक्रमित भेटिएको तेस्रो ठूलो संख्या हो।
केन्द्रीय सरकारले सबै राज्य तथा प्रदेश सरकारलाई कोरोना बढी भेटिएका जिल्लामा ४५ वर्ष माथिका सबै व्यक्तिलाई खोप लगाउन निर्देशन दिएको छ।