काठमाडाैं- एस्ट्राजेनेकाले आफूले निर्माण गरेकाे काेराेना भाइरसविरुद्धकाे खोप ७९ प्रतिशत प्रभावकारी रहेकाे दावी गरेकाे छ। कम्पनीले अमेरिका, चिली र पेरुमा गरेकाे क्लिनिकल ट्रायलमा खाेपकाे प्रभावकारीता ७९ प्रतिशत देखिएकाे जनाएकाे हाे।
रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली मुलुकले एस्ट्राजेनिकाको खोप लगाउने अभियान स्थगित गरेकाे थियाे। तर, विश्व स्वास्थ्य संगठन र स्वास्थ्यसम्बन्धी नियामक निकायहरूले खोपकै कारण रगत जमेको भन्ने ठोस प्रमाण नभेटिएको जनाएका छन्, तर सावधानीका लागि खोप अभियानमा ढिलाई गरिएको युरोपेली मुलुकहरुको भनाइ छ।
यता खाेप उत्पादनकर्ताहरुले काेराेना संक्रमण भएर अस्पताल भर्ना गरिएकामाथि गरिएकाे परिक्षणमा १०० प्रतिशत प्रभावकारी देखिएकाे बताएकाे छ।
अध्ययनले यो खोप सबै उमेरहरूमा प्रभावकारी रहेकाे पाइएकाे छ। विभिन्न उमेर समूहका ३२ हजारभन्दा बढी स्वयंसेवकहरूमा गरिएकाे अन्तिम चरणको परीक्षणमा औषतमा ७९ प्रतिशत प्रभावकारी देखिएकाे छ, उत्पादनकर्ताले भनेका छन्।
यद्यपि याे खाेप अमेरिका लगायत ५० देशमा वितरण गरिसकिएकाे छ। यस अध्यानले खाेपमाथि रहेकाे आशंकालाई समाप्त पारेकाे जनाइएकाे छ।