काठमाडाैं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरूद्धको खोप लगाएका छन्।
सोमबार बिहान दिल्लीको एम्स अस्पतालमा खोपको पहिलो डोज उनले लगाएका हुन्।
आफूले खोप लगाएपछि मोदीले सामाजिक सञ्जाल ट्वीटर मार्फत खोप लगाउन सबैलाई आग्रह गरे।
साथै कोरोनाविरुद्धको विश्वव्यापी लडाईमा डाक्टर तथा वैज्ञानिकहरुले तीव्र गतिमा गरेको कामको प्रसंशासमेत उनले गरे।
भारतमा आजदेखि ६० वर्षमाथिका नागरिकका लागि खोप लगाउन सुरू गरिएको छ। भारतमा अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन भइरहेको छ।