अछाम- हड्डीको क्यान्सर रोग लागेकी अछामकी सुकी दमाईको काठमाडौँमा उपचार हुने भएकोछ ।
हड्डीको क्यान्सरबाट पिडित दमाई आर्थिक अभावमा उपचार हुन नसकेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपनि उनको उपचारका लागि काठमाडौंका अस्पतालमा पहल गरिएको थियो।
बाजुराका समाजसेवी दिपक बहादुर विष्टको पहलमा दमाईको काठमडौं निशुल्क उपचार हुन पहल गरेका थिए।
अछाम मंगलसेन नगरपालिका वडा नम्बर ७ की ६२ वर्षिया सुकी दमाईको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा निशुल्क उपचार हुने भएको हो।
बयलपाटा अस्पतालका वरिष्ठ सुचना प्रविधि अधिकृतका रुपमा कार्यरत विष्टले एक वर्षदेखि आर्थिक अभावमा उपचार हुन नसकेको समाचार पढेपछि निशुल्क उपचारका लागि पहल गरेको बताए।
एक बर्ष देखि थला परेकी उनलाई अप्ठ्यारो भएको थाहा पाएपछि सोही वडाका युवाले उपचारमा सहयोग पुर्याउन गाँउमै आर्थिक सहयोग अभियान समेत सुरु गरेका थिए। उनलाई विष्ट तथा अन्य स्थानीयको पहलमा काठमडौं पठाइएको छ।
अहिले सुकीको लागि अछाम देखि देशविदेशमा समेत आर्थिक संकलन भईरहेको छ बताइएको छ।