मस्को- कोरोनाभाइरस विरुद्ध रुसमा विकास गरिएको खोप प्रयोगका लागि विश्वका २६ देशमा अनुमति दिइएको छ।
रूसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ) ले रुसी खोप स्पुतनिक-भी प्रयोगका लागि २६ देशले अनुमति दिएको शुक्रबार जनाएको छ।
'अहिलेसम्म विश्वका २६ देशका अधिकारीहरूले स्पुतनिक-भी को प्रयोगका लागि अनुमति दिइसकेका छन्,' आरडिआइएफद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।
यति धेरै देशहरुले कोरोनाविरुद्ध लड्नका लागि स्पुतनिक-भीको प्रयोग गर्न अनुमति दिइएकाले यो खोप विश्वकै धेरै लोकप्रिय खोप अन्तर्गत परेको अधिकारीहरूको भनाइ छ।
उनीहरूका अनुसार धेरै माग गरिएका मध्ये तेस्रो क्रममा स्पुतनिक-भी खोप परेको छ।
रासस