नयाँदिल्ली- भारत बायोटेकले आफुले उत्पादन गरेको कोभिड-१९ विरुद्दको खोप कोभ्याक्सिन विभिन्न स्वास्थ्य समस्या भएका व्यक्तिहरुले लगाउन नहुने बताएकाे छ।
भारत बायोटेकले आफ्नो कम्पनीको वेवसाइडमा एक सूचना जारी गर्दै एलर्जीको समस्या भएका, रगत सम्बन्धी रोग भएका, ज्वरो आएका, रगत पातलो बनाउने औषधि सेवन गरिरहेका, इम्युनिटि बढाउने औषधि सेवन गरिरहेका व्यक्तिहरुलाई कोभ्याक्सिन नलगाउन सल्लाह दिएको छ।
साथै, गर्भवती र स्तनपान गराइरहेका महिलालाई पनि भ्याक्सिन लगाउन नहुने भन्दै भारत बायोटेकले सचेत बनाएको छ।
‘कोभ्याक्सिन गम्भीर एलर्जिक रियाक्सनको कारण बन्न सक्छ। जसको कारणले सास फेर्न समस्या हुने, अनुहार, घाँटी सुन्निने, धडकन् बढ्ने, चक्कर र कमजोरी आउने र शरीरमा रातोरातो डाबर आउने जस्ता समस्या देखिन सक्छ,’ भारत वायोटेकद्वारी सूचनामा उल्लेख छ।