नयाँदिल्ली - भारतमा शनिबारदेखि कोभिड-१९ विरुद्वको खोप दिन सुरु गरिएको छ। यसैबिच, राम मनोहर लोहिया (आरएमएल) अस्पतालको रेजिडेन्ट चिकित्सक एसोसिएसन (आरडीए)ले अक्सफोर्डद्वारा उत्पादित खोप मात्र लगाउन अनुरोध गरेको छ।
एसोसियसनले शनिबार राम मनोहर लोहिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसमक्ष पत्र समेत पठाएको छ।
कोभ्याक्सिनको पहिलो र दोस्रो चरणमा मात्र क्लिनिकल ट्रयाल गरिएको छ। जबकि तेस्रो चरणको अध्ययन अहिले गर्न लागिएको छ। आरएमएल रेजिडेन्ट एसोसिएसनले कोभ्याक्सिनको प्रभावकारितामा सन्देह छ र उनीमध्ये धेरै चिकित्सकले खोप अभियानमा भाग नलिने जनाएको छ।
आरडीएले मेडिकल सुपरिटेन्डेन्टलाई पत्र लेख्दै रेजिडेन्ट चिकित्सकहरुलाई कोभ्यासिनमा सन्देह भएको भन्दै खोप अभियानमा भाग नलिने स्पष्ट पारेको छ। यसले शनिबारबाट सुरु भएको खोप अभियानको उद्देश्य पुरा हुन नसक्ने आरडीएले जनाएको छ।
शनिबारबाट सुरु भएको खोप अभियानमा आरएमएल अस्पतालमा पहिलो खोप एकजना सुरक्षा गार्डलाई लगाइएको थियो।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार कोभिडविरुद्ध खोप अभियानको सुरुवात गर्दै खोपको सुरक्षाप्रति आश्वस्त भएर मात्र खोप प्रयोगको अनुमती दिएको बताएका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार भारतको राजधानी दिल्लीका सबै ११ जिल्लाका ८१ स्थानमा खोप अभियान चलाइएको छ।
६ केन्द्रीय अस्पतालहरु एम्स सफदरगंग, आएमएल, कलावती सरन बाल अस्पताल र दुईवटा इएसआई अस्पताललाई खोप अभियानका केन्द्रको रुपमा छानिएको छ।
यसका साथै, लोक नायक प्रकाश नारायण अस्पताल, दिल्ली सरकारद्धारा संचालित जीटीबी अस्पताल, राजीव गान्धी सुपर स्पेशालिटी अस्पताल, डीडीयू अस्पताm, दिल्ली स्टेट क्यान्सर इस्न्टिचूट र आइएलबीएस अस्पतालमा खोप अभियान चलाइएको छ।
म्याक्स अस्पताल, फोर्टिज अस्पताल, अपोलो अस्पताल र सरगंगा राम अस्पताललाई निजी सुविधाका लागि छानिएको छ।
भारत सरकारले पहिलो खोप अभियानमा एक करोड स्वास्थ्यकर्मी, करिब दुई करोड सामाजिक दुरी कायम गरी काम गर्न नसक्ने फ्रन्टलाइनहरु र ५० वर्षभन्दा माथिका व्यक्तिहरुलाई खोप दिने योजना बनाएको छ। त्यसपछि ५० वर्षभन्दा तलका दीर्घरोगीले कोभिड खोप दिने भारतले योजना बनाएको छ।
भारतले स्वास्थ्यकर्मी र फ्रन्टलाइनर कर्मचारीहरुलाई निः शुल्क खोप दिने घोषणा गरेको छ।
खोप लगाउँदा प्रतिकूल असर भए भारतवायोटेकले क्षतिपूर्ति दिने
कोभ्याक्सिन खोप लगाएका कारण प्रतिकूल प्रभाव परेमा त्यसको क्षतिपूर्ति भारत बायोटेककले दिने घोषणा गरेको छ।
कोभिड १९ को खोप कोभ्याक्निको ५५ लाख डोजको आपूर्तिका लासग सरकारबाट अर्डर पाउने कम्पनी भारत बायोटेकले भनेको छ कि खोप लगाए पश्चात कसैलाई गम्भीर प्रतिकूल प्रभाव देखिएमा त्यसको क्षतिपूर्ति बायोटेकले दिइने छ।
खाेप लगाउने व्यक्तिद्धारा जुन फारममा हस्ताक्षर गरिएको छ उक्त फारममा भनिएको छ,‘कुनै प्रतिकूल वा गम्भीर प्रभाव भएमा तपाईले सरकारी अस्पताल र चिकित्सकबाट उपचार प्रदान गरिने छ।’
(द वायरबाट)