काठमाडौं - भारतले कोभिड-१९ विरुद्वको दुई वटा भ्याक्सिनलाई आपतकालिन प्रयोगको स्वीकृति दिएको छ।
नेपालले पनि शुक्रबार भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिसिल्ड भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति दिएको छ। भारतले भने कोभिसिल्डसहित भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति दिएको छ।
तर, यी दुई भ्याक्सिनका विषयमा भने अझै केही प्रश्नबारे अन्योलता कायमै रहेको छ।
भारतमा शनिबारदेखि कोभिड विरुद्वको भ्याक्सिन लगाइँदैछ। भारतका औषधि नियामक संस्था डिसिजिआइका बिजी सोमानीले सेरम इन्स्टिच्युट अफ इन्डियाद्वारा निर्मित अक्सफोर्डको कोभिड-१९ भ्याक्सिन कोभिशिल्ड र भारत बायोटेकले बनाएको भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको जानकारी दिए।
उनले एक कार्यक्रममा भारतमा कोभिड भ्याक्सिनको आपतकालीन प्रयोगको अनुमती दिएको घोणना गर्दा उनलाई सोधिका अन्य कुनै पनि प्रश्नको दिएनन्।
बितेका केही महिनामा प्रोटोकल उल्लंघनका कारणले यस्ता धेरै सुल्झन नसकेका प्रश्नहरु छन्, जसका कारणले भ्याक्सिन प्रयोगको स्वीकृति र अनुमतीलाई लिएर सन्देह उत्पन्न भएको छ। केही त्यस्ता प्रश्नहरु छन्, जसको उत्तर आवश्यक छ।
१.डा सोमानीले उनलाई भ्याक्सि ११० प्रतिशत सुरक्षित भएको विश्वास भएको बताएका छन्। तर यो कसरी सम्भव छ? जब कि भारत बायोटेक र सेरमइन्स्टिच्युटले बनाएको भ्याक्सिनको तेस्रो चरणको ट्रयाल हुन बाँकी नै छ। डा सोमानीको विश्वासको आधार के हो?
२. भारत बोयोटेकको पहिलो र दोस्रो चरणको क्लिनिकल ट्रयालबारे अझै पनि धेरै जानकारी सार्वजनिक गरिएको छैन। डिसिजिआइ कार्यालयले पनि केही जानकारी दिएको छैन। यो अवस्थामा जनताले कसरी विश्वास गर्ने कि कोभ्यासिन सुरक्षित र प्रभावकारी छ? के यो विषयमा विशेषज्ञ समितिले जानकारी सार्वजनिक गर्नेछ?
३. भारत बोयोटेकले गतवर्ष उसले उत्पादन गरेको कोभ्यासिन लगभग ६० प्रतिशत प्रभावकारी हुने विश्वास रहेको बताएको थियो। यो अनुमानको आधार के हो?
४. गत नोभेम्बरमा सेरम इन्स्टिच्युटको भ्याक्सिन ट्रायालको समयमा एक स्वयंसेवकले कोभिसिल्डको लागि सेरमविरुद्व पाँच करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै निवेदन दर्ता गराएका थिए। उनले अक्टुवरको सुरुवातमा भ्याक्सिन लगाएका कारण उनलाई न्यूरोलोजिकल समस्याको सामना गर्नुपरेको कारण क्षतिपूर्तिको माग गर्दै अदालतमा निवेदन दर्ता गराएका हुन्।
सेरमले ती व्यक्ति विरुद्ध नै मानहानीको मुद्धा दर्ता गर्ने धम्की दिएको छ। डिसिजिआइले किन यो विषयमा कदम उठाएन? डिसिजिआइ त्यो व्यक्तिलाई भएको समस्या भ्याक्सिनका कारणले होइन भन्नेमा कसरी ढुक्क भयो?
५। जो व्यक्तिलाई भ्याक्सिन लगाइने छ, ती व्यक्तिहरुलाई क्लिनिकल ट्रयालको हिस्सा मान्ने कुरा गरिएको छ। यसको अवधारण के हो? यसको लागि नियन्त्रण गर्ने समुह बनाइएको छ? यो ट्रायलको डाटाको तथ्यांक कहाँ उपयोग गरिने छ?
६. यदि यो ‘क्लिनिकल ट्रायल मोड’ होइन भने यसको वास्तविक मतलब के हो? र भ्याक्सिन लगाएपछि हुने प्रतिकूल प्रभावको कसरी व्यवस्थापन गरिने छ? यदि कुनै दुर्घटना भयो भने त्यसको जिम्मेवार को हुने, भ्याक्सिन उत्पादक कम्पनी या अरु? यस विषयमा स्पष्ट पार्नुपर्छ। यदि ट्रायलमा सहभागी हुने मानिसको सुरक्षा काम नगरेमा के गरिने छ?
७. जनवरी २ मा विशेषज्ञ समुहले पुणेस्थित सेरम इन्टिच्युटको आपतकालिन स्थितिमा भ्याक्सिनको सिमित उपयोगको लागि अनुमती दिएको थियो।
डा सोमानीले सेरमको आवेदनको निश्चित सर्तसहित आपतकालिन प्रयोगका लागि अनुमति दिएको बताएपनि ती सर्त केके हुन् भन्नेबारे खुलाइएको छैन।
८.त्यसैगरि २ जनवरीमा भारत बायोटेकको भ्याक्सिनलाई पर्याप्त सावधानीका साथ आपतकालिन अवस्थामा सिमित उपयोगका लागि ‘किलनिकल ट्रायल मोड’ का लागि स्वीकृति दिइएको छ। विशेषगरी भाइरसको ‘म्यूटेन्ट स्ट्रेन’ कोरोनाको दोस्रो प्रजातिबाट संक्रमणको सन्र्दभमा यो सावधानी अपनाउन भनिएको छ। यो सर्त भारत वायोटेकका लागि भनिएको छ तर सेरमलाई भनिएको छैन।
९. भ्याक्सिनलाई सिमित उपयोगका लागि स्वीकृति दिइएको छ। तर, सिमित उपयोग कुन स्वरुपमा हो? कसरी थाहा पाउने कुन समयमा कसलाई भ्याक्सिन दिने हो?
१०. यूकेको औषधि कम्पनी एस्ट्राजेनेकालाई २ वटा समस्या छ। एक मंजुरीका लागि निश्चित डेटा पेस गर्नु र यूके र ब्राजिलमा क्लिनिकल ट्रायलका समयमा भएको गडबढीका कारण यसको प्रभावकारीतामा उठेको प्रश्न। सेरमको कोभिसिल्ड सोही भ्याक्सिनको संस्करण हो। एस्ट्राजेनेकाद्वारा अहिलेसम्म यी आरोपबारे जवाफ दिन बाँकी छ। त्यो भए के कोभिसिल्डबारे पनि यो चिन्ता छ? यो विषयमा डिसिजिआइ र केन्द्रीय औषधि नियन्त्रण संस्थ (सीडीएससीओ) को बैठकमा कुरा उठेको थियो? थियो भने यो कसरी गर्ने कुरा भयो? कुरा उठेको थिएन भने किन उठेन?
(द वायरमा वासुदेवन मुकुंथको अनुवादित रिर्पोट)