नयाँदिल्ली– भारतले स्वदेशी कम्पनी भारत बायोटेकको कोरोना खोप ‘कोभाक्सिन’ को आपतकालीन प्रयोगलाई स्वीकृति दिएको छ। यसअघि भारतले अक्सफोर्ड र एस्ट्रोजेनेका कम्पनीको खोपलाई स्वीकृति दिएको छ। दुवैलाई अन्तिम स्वीकृति दिन भने बाँकी छ।
भारत बायोटेकको खोपका बारेमा प्रश्न उठेपछि सरकारले यसका बारेमा थप जानकारी मागेको छ।
भारतमा यसै वर्षको जुन महिनासम्म ३० करोड खोप लगाउने तयारी गरिएको छ। शनिबार खोपको रिहर्सल गरिएको थियो, जसमा दसौं हजार स्वास्थ्यकर्मी सहभागी भएका थिए।