नयाँदिल्ली– भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १ करोड ४ हजार ५ सय ९९ पुगेको हो। भारतमा हालसम्म १ लाख ४५ हजार १ सय ३६ संक्रमितको मृत्यु भइसकेको छ भने ९५ लाख ५० हजार ७ सय १२ जना निको भइसकेका छन्। भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ८ हजार ७ सय ५१ छ ।
सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा कोरोना संक्रमितको संख्या १७ लाख ७८ हजार ७ सय २२ छ भने ४८ हजार ५ सय ७४ जनाको मृत्यु भएको छ।
यस्तै, दिल्लीमा ५ लाख ९३ हजार १ सय ३७ संक्रमित र १० हजार २ सय १९ को मृत्यु, कर्नाटकमा ८ लाख ७९ हजार ७ सय ३५ संक्रमित र ११ हजार ९ सय ८९ को मृत्यु, केरलामा ६ लाख ३२ हजार ६५ संक्रमित र २ हजार ७ सय ५७ को मृत्यु तथा तमिलनाडुमा ७ लाख ८२ हजार ९ सय १५ जना संक्रमित र ११ हजार ९ सय ५४ जनाको मृत्यु भएको छ।