अछाम- अछाममा स्वास्थ्य बिमा गर्नेको संख्या ३७ हजार ३ सय ७५ पुगेको छ। जिल्लामा १६ हजार ५ सय ८७ पुरुष र २० हजार ७ सय ८५ गरी उक्त संख्या बिमित्त भएका स्वास्थ्य बिमा बोर्ड अछामका दर्ता अधिकारी मनकला न्यौपानेले बताईन्।
अधिकारी न्यौपानेका अनुसार अछाममा बिमित्त हुने नागरिकको संख्या सबैभन्दा बढी साँफेबगर नगरपालिका र तुर्माखाँद गाँउपालिकामा छन् भने कम जिल्लाको ढकारी गाँपालिकामा रहेका छ।
नागरिकहरु आफ्नो स्वास्थ्यको बारेमा जागरुक हुदै गएपछि बिमा गर्नेको संख्या बढिरहेको भएपनि कतियपले अझै यसको महत्व नबुझ्दा बिमामा आबद्ध हुन सकिरहेका छैनन्।
३५ सय प्रिमियम तिरे बाफत एक घरका ५ जनाले एक बर्षको अवधिमा १ लाख बराबरको निशुल्क स्वास्थ्य उपचार पाउने राष्ट्रिय स्वास्थ्य बिमाको नीति छ। ५ जना भन्दा बढी परिवार भएका सदस्यको लागि थप एक जना बराबर ७ सय प्रिमियम तिरेमा २० हजार बराबरको थप सेवा लिन पाउने व्यास्था मिलाईएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ।
स्वास्थ्य बिमामा सबै जनता आवद्ध हुन प्रेरित हुन भन्ने उद्देश्यले उपचार शुल्क ५० हजार बाट १ लाख पुर्याईएको स्वास्थ्य बिमा बोर्ड सुदुरपश्चिमका संयोजक जनक साँउदले बताए।
स्वास्थ्य बिमा गरेकालाई उपचारमा पहिलो प्राथमिकता
न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा अस्पतालमा स्वास्थ्य बिमामा आबद्ध भएकालाई उपचारमा ग्राहयता दिन सुरु गरेको छ। स्वास्थ्य बिमामा आबद्ध भएका बिरामी अस्पतालमा आएमा नाम दर्ता देखी उपचारमा पनि छिटो पालो र सहजता बनाईएको अस्पतालले जनाएको छ।
स्वास्थ्य बिमा गरेका बिरामी आएमा नाम दर्ताको लाईनलाई छुट्टै बनाएर दर्ता प्रक्रिया छिटो गरी उपचारमा पनि छिटो र पहिला पालो दिने व्यावस्था गरिएको बयालपाटा अस्पतालका बरिष्ठ सुचना प्रविधि अधिकृत दिपक बिष्टले बताए। स्वास्थ्य बिमा गरेका बिरामीको नाम दर्ता, ओपिडीमा चेकजाँच, प्रयोगशाला सेवा, भिडियो एक्सर तथा एक्सरे, फार्मेसीबाट औषधी बितरण लगायत सबै प्रकारका सेवामा प्राथमिक्ता दिने गरिएको उनको भनाई छ।
स्वास्थ्य बिमामा सबै जनता आवद्ध भई आफ्नो उपचार सुनिश्चित तथा यसप्रति प्रेरित हुन भन्ने उद्देश्यले अस्पतालमा यस्तो अवधारणा ल्याईएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकास गौचनले बताए। उपचार गर्न आउदाँ स्वास्थ्य बिमा कार्ड बोकेर आउनु पर्ने डाक्टर गौचनको भनाई छ।
अस्पतालमै स्वास्थ्य बिमामा आबद्ध हुने सकिने
जिल्लाको बयालपाटा अस्पतालबाट समेत स्वास्थ्य बिमा गर्न सकिने भएको छ। राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बयालपाटा अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीले स्वास्थ्य बिमामा आवद्ध हुने सकिने जनाएको हो।
जिल्लाका सबै स्थानिय तहका हरेक वडामा स्वास्थ्य बिमा दर्ता सहयोगीले बिमा गराईरहेका छन् भने अब अस्पताल आउने बिरामीलाई सहज होस भन्ने हेतुले बयालपाटा अस्पतामा समेत स्वास्थ्य बिमामा आवद्ध हुन सकिने भएको हो। बयालपाटा अस्पतालले खटाएको दर्ता प्रतिनिधीले स्वास्थ्य बिमा गर्न चाहानेलाई बिमामा आवद्ध गराउने छन्।