एजेन्सी– अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडिए) ले कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगका लागि स्वीकृति दिएको छ। अब भ्याक्सिन देशभर पुर्याइने र अभियान केहीदिनभित्रै सुरु हुने अधिकारीहरुले जनाएका छन्। फाइजर तथा बायोएनटेकले तयार पारेको कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी मानिएको छ।
एफडिएले अहिले आपतकालीन प्रयोगका लागिमात्रै अनुमति दिएको हो। स्थायी अनुमतिका लागि फाइजरले फेरि अलग्गै आवेदन दिनुपर्नेछ ।
एफडिए प्रमुख डा. स्टीफन हानले यो स्वीकृति कोभिड महामारीविरुद्धको लडाइँमा महत्वपूर्ण कोशेढुंगा रहेको बताए।
यसअघि फाइजरको भ्याक्सिनलाई बेलायत, बहराइन, साउदी अरब र क्यानडाले स्वीकृति दिइसकेका छन्।